दुध बोक्ने मारुती भ्यान भोटेकोसीमा खसेर बेपत्ता

अरनिको राजमार्ग बलेफी वडा नं ५ मा दुध बाेक्ने मारुती भ्यान भोटेकोसी नदीमा खसेर बेपत्ता भएको छ । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका १० पस्थली बस्ने २३ वर्षीय नवराज खुलालले चलाएको बा १२ च ६५९४ नं. को मारुती मिनि डेलिभरी भ्यान नदीमा खसेको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका-१० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गर्ने सो भ्यान सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा भोटेकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरी चौकी बलेफीका प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेशप्रसाद गुप्ताले बताए ।

गुप्ताको कमाण्डमा ४ जनाको प्रहरी घटनास्थल पुगेर खोजतलास गररिहेका छन् । भ्यानमा चालकमात्रै रहेको प्रहरीले बताइएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
