घटना

दुध बोक्ने मारुती भ्यान भोटेकोसीमा खसेर बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अरनिको राजमार्ग बलेफी वडा नं ५ मा दुध बाेक्ने मारुती भ्यान भोटेकोसी नदीमा खसेर बेपत्ता भएको छ । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका १० पस्थली बस्ने २३ वर्षीय नवराज खुलालले चलाएको बा १२ च ६५९४ नं. को मारुती मिनि डेलिभरी भ्यान नदीमा खसेको हो ।

लोक कल्याणकारी विज्ञापन

चौतारा साँगाचोकगढी नगरपालिका-१० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गर्ने सो भ्यान सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा भोटेकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरी चौकी बलेफीका प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेशप्रसाद गुप्ताले बताए ।

लोक कल्याणकारी विज्ञापन

गुप्ताको  कमाण्डमा ४ जनाको प्रहरी घटनास्थल पुगेर खोजतलास गररिहेका छन् । भ्यानमा चालकमात्रै रहेको प्रहरीले बताइएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन