राजनीति

एमाले पुनर्गठन गर्न योगेश भट्टराईको अपिल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन गर्न अपिल गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै भट्टराईले पार्टी पुनर्गठनको विषय उठाएका हुन्।

नयाँ पुस्ताको भावना र माग सम्बोधन गर्न अहिलेकै राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्भव नरहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘२३ भदौले दिएको सन्देश ग्रहण गर्नु र त्यसमा अभिव्यक्त भावनाको वस्तुगत सम्मान गर्दै राज्य, समाज र पार्टी संरचनामा बहुआयमिक रुपान्तरण गर्नु अनिवार्य र पहिलो सर्त हो।’

बिज्ञापन

विगतमा भएका पार्टी पुनर्गठनका दृष्टान्त पेस गर्दै भट्टराईले पुनर्गठन र रूपान्तरणको बहसलाई वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रूपमा जबर्जस्ती उत्तेजनापूर्ण व्याख्या गर्न नहुने प्रस्ट पारेका छन्।

भट्टराईले भनेका छन्, ‘…पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापी गर्नुहुन्न। पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरूसँगै थियौं। यो जस–अपजसको भागीदार हामी पनि हौँ। त्यसैले म यो वेला भन्छु– उहाँहरूको सम्मानसहित पुनर्गठन।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।