पाकिस्तानलाई हराउँदै भारत नवौंपटक एसिया कप च्याम्पियन

१३ असोज, काठमाडौं । भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो ।
पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक विजयी चौका प्रहार गरे ।

तिलक वर्माले सर्वाधिक अविजित ६९ रनको म्याच विनिङ पारी खेले । शिवम दुबेले ३३ रन बनाए । सन्जु सामसनले २४ रन बनाए ।
सुरुवात राम्रो नभएपनि भारतका लागि तिलक वर्माले सन्जु सामसन र त्यसपछि शिवम दुबेसँग मिलेर साझेदारी बनाएका थिए । भारत २०-३ को कठिन अवस्थामा हुँदादेखि तिलकले सामसनसँग ५७ र शिवमसँग ६० रनको साझेदारी गरे ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
