जलवायु

धेरै स्थानमा वर्षा, रुकुम पश्चिममा २४ घण्टामा १४६.६ मिलिमिटर पानी पर्‍यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१३ असोज, काठमाडौं । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । गएरातिदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ । यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा भएको छ ।

लोक कल्याणकारी विज्ञापन

गत २४ घण्टाको कुरा गर्दा कर्णाली प्रदेशमा पर्ने रुकुम पश्चिमको बाँफीकोटमा सबैभन्दा धेरै १४६.६ मिलिमिटर वर्षा मापन भएको छ ।गत ६ घण्टायता भने सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको बाह्रबिसेमा मापन भएको छ । त्यहाँ ६ घण्टाको अवधिमा ८२.२ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै बाहुनेपाटीमा ४६.४, मानेखर्कमा ३८ र चन्द्रखुमा ३०.८ मिलिमिटर पानी परेको छ ।

लोक कल्याणकारी विज्ञापन

यसैगरी दोलखामा ४१.२ मिलिमिटर वर्षा मापन भएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन