जलवायु

आन्ध्र प्रदेशको तटमा चक्रवात अर्णबको प्रभाव, २०० मिलिमिटरभन्दा बढी वर्षा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आन्ध्र प्रदेश, ११ कात्तिक । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा चक्रवात अर्णबको प्रभावले तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ । बुधबार बिहान चक्रवात तटीय क्षेत्रमा प्रवेश गरेसँगै विशाखापट्टनम, अनाकापल्लीसहितका क्षेत्रमा जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लोक कल्याणकारी विज्ञापन

भारतीय मौसम विज्ञान विभागका अनुसार अक्टोबर २७ को बिहानदेखि २८ गते बिहानसम्म अनाकापल्ली, विशाखापट्टनम र विजयनगरम जिल्लाका विभिन्न स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको छ । अनाकापल्लीको कन्नुरिपालेममा सबैभन्दा बढी २६१.५ मिलिमिटर वर्षा मापन गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन

चक्रवातका कारण तटीय क्षेत्रमा १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । हावाको गति बढेर १५० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ । तीव्र हावाहुरीका कारण विभिन्न स्थानमा रूख ढलेका छन् भने विद्युत् प्रसारणका तारसमेत क्षतिग्रस्त भएका छन् । कतिपय सडक जलमग्न हुँदा यातायातसमेत प्रभावित भएको छ ।

बिज्ञापन

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा उद्धार र राहतका कामलाई तीव्रता दिएको छ । प्रभावित क्षेत्रमा भा

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन