घटना

श्रीलंकामा मोस्ट वान्टेड युवतीलाई पक्राउ गरी नेपालद्वारा निष्कासन 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

श्रीलंकामा मोस्ट वान्टेड रहेकी एक युवतीलाई नेपालमा पक्राउ गरी निष्कासन गरिएको छ। अदालतपरिसरभित्रै भएको हत्या घटनामा संलग्न रहेकी २६ वर्षीया इसारा सेवावान्डीलाई प्रहरीले पक्राउ गरेको हो । उनका पाँचजना सहयोगी पनि पक्राउ परेकोमा उनीहरूलाई बुधबार नेपालबाट निष्कासन गरिएको छ । 

गत फेब्रुअरी १९ मा उनीसहितको समूहले अन्डरवर्ल्ड समूहका सदस्य गानेमुल्ला संजीवाको गोली हत्या गरेको थियो। सो हत्यामा सोमबार नेपालमा पक्राउ परेकी इशााराले नै पेस्तोल लुकाएर सुटरलाई दिएको खुलेको थियो । 

बिज्ञापन

हत्यापछि उनी समुन्द्र माग हुँदै भारत आएको र त्यहाँबाट लुकिछिपी अवैध रुपमा नेपाल आएको अनुसन्धानमा खुलेको छ । उनीसँगै आएका अन्य दुई श्रीलंकन तथा पछि हवाई मार्ग हुँदै आएका तीन श्रीलंकनलाई पक्राउ गरिएको थियो । सबैलाई निष्काशनको निर्णय भएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। इशाराविरुद्ध इन्टरपोलले रेड नोटिस समेत जारी गरेको थियो। 

स्रोतका अनुसार उनीहरूको बारेमा काठमाडौंस्थित श्रीलंकन दूतावासले प्रहरीलाई जानकारी दिलाएर पक्राउ गरेको हो। उनीहरूलाई लिन श्रीलंकन प्रहरी अधिकारी नै काठमाडौं आएका थिए । सोही आधारमा अध्यागमनले गोप्य रूपमा हस्तान्तरण गरेकोमा बुधबार नै उनीहरूलाई श्रीलंका लगिएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।