राष्ट्रिय समाचार

पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

लोक कल्याणकारी विज्ञापन

सुन तस्करी समूहलाई सघाएको आरोपमा बयान र थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार महरालाई थुनामा पठाउने आदेश दिएको हो। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा महरा ‘अहिले नै आरोपित कसूरमा निर्दोष रहेको अवस्थाको विद्यमानता नदेखिई कसूरदार देखिने आधार भएको’ बताएको छ।

लोक कल्याणकारी विज्ञापन

महरालाई जगतनाथदेवल कारागार पठाइएको छ।

बिज्ञापन

सुन तस्करी गर्ने चिनियाँ गिरोहलाई सघाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महराविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो। उनीमाथि आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन