नेपाल र भारतको अद्भूत छठ संगमघाट

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका, धनुषा जिल्लाको मुखियापट्टी मुसरनिया गाउँपालिका र भारतको बिहार राज्यअन्तर्गत मधुबनी जिल्लाको मधवापुरलाई जोड्ने बिगही नदीमा छठ पर्वका लागि घाट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
छठपर्वको अवसरमा निर्माण भइरहेको यो घाट तीन विभिन्न प्रशासनिक क्षेत्र नेपालका दुई जिल्ला (महोत्तरी र धनुषा) र भारतको एक जिल्ला (मधुबनी) लाई जोड्ने अद्भूत संगमस्थलका रूपमा चिनिन्छ।

उत्तरतर्फको घाट महोत्तरीको मटिहानी नगरपालिका क्षेत्रमा, उत्तर–पश्चिमतर्फको घाट धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–स्थित तुलसियाहीमा र दक्षिण–पूर्वतर्फको घाट भारतको बिहार राज्य, मधुबनी जिल्लाको मधवापुर क्षेत्रमा पर्नेछ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
