राजनीति

पूर्णबहादुर खड्का भन्छन्- प्रतिनिधिसभा विघटन असंवैधानिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्।

भ्रातृ संगठन नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेन–जी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन भएको बताएका हुन्।

बिज्ञापन

‘प्रतिनिधिसभा असंवैधानिक तवरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको स्थापना दिवस मनाउँदै छौँ।’ उनले जेन–जी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका वेला आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताए।

‘संविधान जोगाउन धेरै ठुलो अप्ठ्यारो भयो। राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतलनिवासको आँगनमा बसेर जीवनको लामो अनुभव र जनतालाई केन्द्रमा राखेर संविधानको रक्षा गर्ने काम गर्नुभयो,’ कार्यवाहक सभापति खड्काले भने।

खड्काले तरुण दललाई अत्यन्त जुझारुपनका साथ, तर अनुशासित भएर सिंगो देश र नागरिकको रक्षाका लागि एकताबद्ध हुन आग्रह गरे।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।