राजनीति

जेन–जी आन्दोलनले खडा गरेको विशिष्ट परिस्थितिमा पार्टी एकता : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जी आन्दोलनले खडा गरेको विशिष्ट परिस्थितिमा विभिन्न दल र समूहबिच एकता भएको बताएका छन्।

बुधबार पार्टी एकता घोषणा सभामा प्रचण्डले जेन-जी आन्दोलनका क्रममा झन्डै ६ घण्टा देश राज्यविहीनजस्तो बनेको भन्दै सुगौली सन्धि हुनुअगाडिदेखि आजसम्म कहिल्यै यति ठुलो राष्ट्रिय संकट नदेखिएको बताए।

बिज्ञापन

उनले भने, ‘मैले भन्ने गरेको छु, नेपालको इतिहासमा सुगौली सन्धि हुनुअगाडिदेखि यहाँसम्म यति ठुलो राष्ट्रिय संकट पहिला कहिल्यै देखा परेको थिएन। झन्डै ६ घण्टा यो देश राज्यविहीनजस्तो बन्न गयो। राष्ट्रका सयौँ वर्षदेखिको धरोहर विध्वंस भए।’ 

देशलाई संकटबाट बचाउन एकता गरेको जिकिर गर्दै प्रचण्डले भने, ‘एकताको यो प्रक्रिया रातारात भएको होइन। एउटा विशिष्ट परिस्थिति जेन-जी आन्दोलनले खडा गर्‍यो। राष्ट्र संकटमा पर्‍यो। आजको मुख्य मुद्दा संकटबाट राष्ट्र बचाउनु हो।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।