खेलकुद

खेलाडीले एन्फाको गेटमै झुन्ड्याए मेडल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याएका छन् ।

ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेर प्रदर्शन गरेका हुन् ।

बिज्ञापन

खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले मेडल त्यहीँ छाडेर जाने बताएका छन् । ‘अब यो मेडल एन्फाले आफैँ आएर लाओस् । हामीले यही छाडेर जान्छौँ,’ लामाले भनेका छन् ।

पटक–पटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनुपरेको खेलाडीको भनाइ छ । एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।