राष्ट्रिय समाचार

हितेन्द्रको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

लोक कल्याणकारी विज्ञापन

न्यायाधीशद्वय अब्दुलअजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

लोक कल्याणकारी विज्ञापन

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा रहेका शाक्यलाई गत असोज ५ गते हटाएको थियो। असोज ५ गते आइतबारको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरेर सरुवा गरेको थियो।  

बिज्ञापन

‘उल्लिखित मुद्दाहरूको अन्तर्वस्तु र प्रस्तुत रिट निवेदनको तथ्य, कानुनी प्रश्नलगायतका विषयहरू समान भएको र प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेशको माग गरेको विषयमा प्रस्तुत मुद्दाको अन्तिम सुनुवाइ र निर्णय हुँदा रिट निवेदकले उठाएको संवैधानिक एव‌‍‌‌म् कानुनी प्रश्नमा आवश्यक व्याख्या भई निरूपण र सम्बोधन हुन सक्ने विषय देखिएसमेतबाट ती सम्पूर्ण मुद्दाहरू र प्रस्तुत मुद्दासमेत साथै राखी निर्णय गर्नु उपयुक्त र आवश्यक हुँदा हाल निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन,’ आदेशमा भनिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन