राष्ट्रिय निर्वाचन

पुष्पराज श्रेष्ठलाई एमालेले भोलेन्टियर्स फोर्सको अध्यक्ष घोषणा गर्‍यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा (एमाले)ले गुन्डागर्दी पृष्ठभूमिका पुष्पराज श्रेष्ठलाई भोलेन्टियर्स फोर्सको संयोजक बनाएको छ। शुक्रबार पार्टी अध्यक्ष केपी अ‍ोलीको नेतृत्वमा भएको एक कार्यक्रममा श्रेष्ठलाई फोर्सको अध्यक्ष घोषणा गरिएको हो। 

विगतमा माओवादीनिकट योङ कम्युनिस्ट लिगमा रहेका श्रेष्ठ गुन्डागर्दी पृष्ठभूमिका हुन्। उनीविरुद्ध सातवटा फौजदारी मुद्दा दायर भइसकेका छन् । जसमध्ये चारवटा ज्यान मार्ने उद्योग, दुईवटा सार्वजनिक अपराध र एउटा अपहरणसम्बन्धी छन्। 

बिज्ञापन

सिन्धुलीको कमलामाई नगरपालिका– ५ स्थायी घर भएका उनीविरुद्ध ०६३ सालदेखि ०७५ सालसम्म सातवटा मुद्दा दर्ता भएका हुन् । महेश बस्नेतनिकट उनी गुन्डागर्दीबाट अकुत सम्पत्ति आर्जन गरेका नेताका रूपमा चिनिन्छन् । पछिल्लो समय जेन–जीले एमालेविरुद्ध आक्रोश देखाएपछि त्यसलाई मत्थर गर्न एमालेले उनलाई संयोजक बनाएर भोलेन्टियर्स फोर्स घोषणा गरेको हो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।