जेन–जी आन्दोलन भड्काउन टिओबी ग्रुपले प्रयोग गरेको बाइक सार्वजनिक

गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन टिबेटियन ओरिजनल ब्लड (टिओबी) समूहका युवाले प्रयोग गरेका रोयल इन्फिल्ड मोटर साइकल प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आन्दोलन भड्काउन प्रयोग गरिएका मोटरसाइकल सोमबार सार्वजनिक गरेको हो। प्रहरीले टिओबी समूहका मुख्य व्यक्ति तेन्जिङ दावालाई गत २६ असोजमा पक्राउ गरेको थियो।

लागुऔषध कसुर र सरकारी कागजात किर्ते कसुरमा उनीविरुद्ध अहिले पनि अनुसन्धान जारी छ। त्यसबेला दावाविरुद्ध अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरिएको थियो। अनुसन्धानका क्रममा उनको जन्मदर्ता र नागरिकतासमेत किर्ते भएको खुलेपछि प्रहरीले किर्ते तथा जालसाजी कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको थियो।
खानतलासीका क्रममा उनको बौद्धस्थित कोठाबाट लागुऔषधसमेत फेला परेपछि प्रहरीले उनीविरुद्ध लागुऔषध कसुरअन्तर्गत पनि अनुसन्धान अघि बढाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
