राष्ट्रिय समाचार

काठमाडौंका विभिन्न स्थानबाट हति*यारसहित तीनजना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेन–जी प्रदर्शनका क्रममा लुटिएका हतियारसहित काठमाडौंबाट तीन युवा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार २५ वर्षका तीन युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका– ७ घर भई काठमाडौं– २८, बागबजार बस्ने निकेश विक र सुरज विक तथा बागलुङको ढोरपाटन नगरपालिका– ३ घर भई काठमाडौं–२८ऽ भृकुटीमण्डप बस्ने बालकृष्ण गैरे रहेका छन्।

बिज्ञापन

निकेश र सुरजले यही मंसिर ५ गते राति करिब २ बजे बागबजारमा खाना डेलिभरी गर्ने ‘भोज डिल’का नीरज चौधरीलाई पेस्तोल देखाई लुटपाट गरेको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ।

निकेश यसअघि पनि चोरीसहित ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा फरार देखिएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।