पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा महानिर्देशक अधिकारी र निर्देशक भण्डारीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललको लागत बढाई सम्झौता गरिएको आरोपमा अख्तियारले दायर गरेको भ्रष्टाचार सम्बन्धी मुद्दामा मंगलबार विशेष अदालतले धरौटी लिएर तारेखमा राख्ने आदेश गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न र पूर्वनिर्देशक मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

महानिर्देशक अधिकारी भक्तपुरको नलिञ्चोकको हेलिपोर्टको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका कारण धरौटी नतिरेको तर, भण्डारीले भने एक लाख धरौटी तिरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
