गगन थापा रोल्पाबाट पहिलो नम्बरमा उम्मेदवार सिफारिस
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा निर्वाचन क्षेत्रबाट पहिलो नम्बरमा सिफारिस भएको छ ।
लोक कल्याणकारी विज्ञापन

रोल्पा क्षेत्रीय कार्यसमितिले महामन्त्री थापासहित पाँच जनाको नाम केन्द्रमा पठाएको हो । गगन थापा, लुम्बिनी सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम सिफारिस भएको हो ।
लोक कल्याणकारी विज्ञापन

जसमा थापाको नाम सर्वाधिक प्राथमिकताका साथ सिफारिस गरिएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए । ‘रोल्पाबाट गगनज्यूको नाम सबैभन्दा माथि छ, यो क्षेत्रका नेता–कार्यकर्ताको एकमत हो,’ पुनले भने ।
बिज्ञापन

यद्यपि महामन्त्री थापाले आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै उम्मेदवार बन्ने बताइरेका छन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

