कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्षसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कञ्चनपुरः जिल्लाको बेलडाँडी गाउँपालिका–२ मा नक्कली घर नक्सा तयार गरी बैंकबाट ऋण लिएको आरोपमा चार जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। अख्तियारले जग्गाधनीदेखि गाउँपालिकाका कर्मचारीसम्म संलग्न रहेको भन्दै चारै जना विरुद्ध बिहीवार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा बेलडाँडी–२ मा रहेको कित्ता नम्बर ३५७, क्षेत्रफल चार सय वर्ग फिटको जग्गामा वास्तविक रूपमा कुनै पक्की घर वा अन्य संरचना नै नभएको स्पष्ट भए पनि, सोही जग्गामा तीन तला भएको पक्की घर रहेको भनी झुट्टा नक्सा तयार गरी पास गरिएको पाइएको हो। सो नक्सामा ग्राउण्ड फ्लोरमा ६९१.१३ वर्ग फिट क्षेत्रफलसहितका कोठा तथा सोअनुसारका संरचना देखाइएका थिए।

यो नक्कली नक्सा बनेको आधारमा जग्गाधनी शान्ती नाथ र रक्ष्मी सनाईज बैंकले २०७८/१२/१० तथा २०७९/०६/१३ मा गरी ३३ लाख ७५ हजार ऋण लिएको देखिएको छ। नापी कार्यालय र समानान्तर रूपमा तयार पारिएको फील्ड प्रतिवेदनले समेत सो जग्गामा कुनै पनि पक्की संरचना नभएको पुष्टि गरेपछि नक्सा पास प्रक्रिया नै फर्जी ठहरिएको अख्तियारले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
