सुदूरपश्चिम प्रदेश

काम ठप्प पर्दा कञ्चनपुरको हुलाकी राजमार्ग खण्डको ठेक्का रद्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर: हुलाकी राजमार्गअन्तर्गत मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी सडक खण्ड निर्माणको ठेक्का रद्द गरिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी), काठमाडौंसँग गरिएको ठेक्का सम्झौता औपचारिक रूपमा अन्त्य भएको जानकारी दिएको हो।

पटक–पटक ताकेता गर्दा पनि काम नगरेको, सम्झौताअनुसारको प्रतिबद्धता पूरा नगरेको र निर्माण स्थल लामो समयदेखि ठप्प पारेको कारण ठेक्का तोडिएको कार्यालयले जनाएको छ। यससँगै निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिने र बाँकी काम पूरा गर्न लाग्ने रकम सरकारी बाँकी सरह असुल गरिने उल्लेख गरिएको छ।

बिज्ञापन

पटक–पटक ताकेता गर्दा पनि काम नगरेको, सम्झौताअनुसारको प्रतिबद्धता पूरा नगरेको र निर्माण स्थल लामो समयदेखि ठप्प पारेको कारण ठेक्का तोडिएको कार्यालयले जनाएको छ। यससँगै निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिने र बाँकी काम पूरा गर्न लाग्ने रकम सरकारी बाँकी सरह असुल गरिने उल्लेख गरिएको छ।कार्यालयले निर्माण व्यवसायीलाई १५ दिनभित्र उपस्थित भएर नापजाँच तथा वित्तीय फरफारक पूरा गर्न आग्रह गरेको छ। निर्धारित समयभित्र उपस्थित नभएमा कार्यालयले एकतर्फी नापजाँच गर्ने चेतावनी पनि दिएको छ।

सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३-७४ मा ठेक्का सम्झौता भएको थियो। करिब २० किलोमिटरमध्ये ५ किलोमिटर मात्र कालोपत्रे बाँकी छ। हालसम्म कुल निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।