सुदूरपश्चिम प्रदेश

अछाममा प्रतिबन्धित मदिरा बरामद गरी नष्ट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, २२ असोज। अछामको मेल्लेख गाउँपालिका–५ बिन्देबासिनी बजारबाट प्रहरीले प्रतिबन्धित मदिरा बरामद गरी नष्ट गरेको छ।

लोक कल्याणकारी विज्ञापन

बजार क्षेत्रमा अवैध रूपमा बिक्रीका लागि राखिएको अवस्थामा मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि, प्रहरी तथा सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको हो।

लोक कल्याणकारी विज्ञापन

प्रहरीले चाडपर्वका बेला प्रतिबन्धित तथा अवैध मदिराको कारोबार बढ्न सक्ने भन्दै बजार क्षेत्रमा निगरानी र अनुगमनलाई तीव्र बनाएको जनाएको छ। अवैध रूपमा मदिरा बिक्री–वितरण नगर्न प्रहरीले व्यवसायी तथा स्थानीयलाई आग्रह गरेको छ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD