सुदूरपश्चिम प्रदेश

अछाममा गम्भीर अवस्थामा रहेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, , २ मंसिर । अछाम जिल्ला अस्पतालमा गम्भीर अवस्थामा रहेकी सुत्केरी खिना बुढाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ ।

लोक कल्याणकारी विज्ञापन

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई तत्काल थप उपचार आवश्यक परेको थियो । स्थानीय गोपाल बोगटीबाट सुत्केरीको अवस्थाबारे जानकारी पाएलगत्तै उद्धारका लागि पहल गरिएको थियो ।

जानकारी प्राप्त भएपछि सम्बन्धित पक्षले अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालसँग समन्वय गरेको थियो । प्रमुख जिल्ला अधिकारी ढकालले तत्काल आवश्यक पत्र तयार गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाएका थिए । उद्धार प्रक्रियामा कुनै कारणले ढिलाइ नहोस् भन्ने उद्देश्यले मन्त्रालयसँग समेत आवश्यक समन्वय र पहल गरिएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD

सम्बन्धित निकायबीचको तत्काल समन्वय र सक्रियताका कारण समयमै हेलिकप्टरमार्फत सुत्केरीको उद्धार सम्भव भएको हो ।

उद्धार कार्यमा देखाएको तत्परता र जनताको दुःख, मर्म तथा भावनालाई बुझेर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी ढकालको प्रशंसा गरिएको छ । उद्धार प्रक्रियालाई सहज बनाउन तत्काल निर्णय र समन्वय गरेको भन्दै उनलाई विशेष धन्यवादसमेत दिइएको छ ।

सुत्केरी बुढाको थप उपचार सफल होस् र शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गरिएको छ ।

बिज्ञापन