व्याक्ती बिशेष

दिल्लीको आनन्दविहारबाट नेपाली नागरिक बेपत्ता, खोजीका लागि परिवारको अपिल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २ मंसिर । भारतको राजधानी दिल्लीस्थित आनन्दविहार बसपार्कबाट घर फर्किने क्रममा एक नेपाली नागरिक बेपत्ता भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

५८ वर्षीय गोबिन्द प्रसाद रेग्मी (शर्मा) गत नोभेम्बर ५ तारिखदेखि परिवारको सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । घर फर्किने क्रममा आनन्दविहार बसपार्कबाट उहाँ सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको छ ।

कालो–गोरो (कलेसो) वर्णका रेग्मीको अवस्था अज्ञात रहेपछि परिवारले खोजीका लागि सहयोग गरिदिन सबैसँग अपिल गरेको छ । उहाँलाई कसैले देखेमा वा फेला पारेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन परिवारले आग्रह गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

त्यस्तै, उहाँबारे कुनै जानकारी प्राप्त भएमा नेपालमा ९८२२१२८६१० र ९८५८७५१०२६ तथा भारतमा +९१ ९९१३३५५२३४ र ८५२७२०४१११ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।

बिज्ञापन