सुदूरपश्चिम प्रदेश

धनगढीमा नवजात शिशु झाडीमा फाल्ने महिला प्रहरीको नियन्त्रणमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः धनगढीमा पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु जन्माएर झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–८ भद्रटोलकी २९ वर्षीया राममति रानालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो।

बिज्ञापन

उनी विवाहित रहेको र उनका श्रीमान् रोजगारीका सिलसिलामा विदेशमा रहेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। उनका अनुसार प्रसव पीडाका कारण महिला धेरै बोल्न सक्ने अवस्थामा नरहेकाले नवजात शिशु फाल्नुको कारण पछि मात्र खुल्नेछ।

आज बिहान धनगढी उपमहानगरपालिका–८ भद्रटोलस्थित नालानजिक फालिएको अवस्थामा नवजात शिशु फेला परेको थियो। करिब साढे ९ बजे सालनाल लागेको र कपडाले बेरिएको अवस्थामा शिशु भेटिएको थियो।

प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ। छोरी रहेको नवजात शिशुको अवस्था हाल सकुशल रहेको विष्टले बताए

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।