अछाममा लडेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
लोक कल्याणकारी विज्ञापन

अछाम । जिल्लामा हिँड्दा हिँड्दै एक्कासी लड्दा घाईते भएका एक जना युवको मृत्यु भएको छ ।
जिल्लाको रामारोशन गाउँपालिका ५ नेटाकोटका ३३ वर्षीया नरेन्द्र साउँद घरबाट बजार जाने क्रममा बुधबार दिउँसो रामारोशनको बल्ले खोला नजिक हिँड्दै गर्दा एक्कासी लड्दा बेहोस भएका थिए ।
बिज्ञापन

बेहोस भएका उनको बयलपाटा अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृतक साउँद हेपटाईटिस बि, छारे रोगको बिरामी रहेको बुझिएको अस्पतालले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
