सुदूरपश्चिम प्रदेश

कञ्चनपुर कारागारमा झडप, घाइते हुनेको सङ्ख्या सात पुग्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कञ्चनपुर कारागारमा शुक्रबार दिउँसो झडप हुँदा सात जना कैदीबन्दी घाइते भएका छन् । 

शुक्रबार दिउँसो ४ बजे कारागारमा कैदीहरुबिच भएको झडपका क्रममा घाइते हुनेको सङ्ख्या सात पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । 

बिज्ञापन

घाइते हुनेमा किरण सिंह, करण कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, संजिव भण्डारी र जनक खड्का रहेका छन् ।जसमध्ये, किरण सिंह, करण कुवँर, दिनेश कुवँर र राजेन्द्र सुधारको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका चार जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

 झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ बोहराले बताउनुभयो । कारागारमा अहिले तनावग्रस्त अवस्था रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले स्थिति नियन्त्रणको प्रयास गरिरहेको जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।