राजनीति

संसद् पुनर्स्थापनाको नाममा षड्यन्त्र नगर्न रवि लामिछानेको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाको बहानामा चलखेल भइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन आग्रह गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पुगेका उनले यस्तो बताएका हुन्।

‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे। कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?’ उनले प्रश्न गर्दै थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला। धेरै आँखा नचम्काउनुहोला।’ उनले भत्किएको सिंहदरबार बनाएर मात्रै नभई बदल्नुपर्ने अवस्था आएको पनि बताए।

बिज्ञापन

‘सिंहदरबार बनाएर मात्रै हुँदैन। सिंहदरबार बदल्नु छ। भत्किएका संरचना बनाउने मात्रै होइन बदल्ने पनि छ। जेन-जीले गरेको योगदानलाई पूरा गर्नका लागि लाग्नुपर्नेछ,’ लामिछानेले भने।

लामिछानेले सिंहदरबार केवल बनाउने होइन, बदल्नुपर्ने अवस्था आएको उल्लेख गर्दै जेन–जीको योगदानलाई परिवर्तनमा रूपान्तरण गर्नुपर्ने धारणा राखे।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।