अवर्गीकृत

‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा बढी मानसिक रूपमा प्रभावित हुने देखाएको छ ।

सामान्यतया प्रेमसम्बन्ध टुट्दा महिलालाई बढी पीडा हुन्छ भन्ने धारणालाई यो अनुसन्धानले चुनौती दिएको हो। क्याम्ब्रिज विश्वविद्यालयले लगातार ३ वर्ष लगाएर गरेको अनुसन्धानले ब्रेकअपको पीडा केटीलाईभन्दा केटालाई बढी देखिएको हो ।

बिज्ञापन

अनुसन्धानका अनुसार, सम्बन्ध विच्छेदपछि पुरुषहरूले आफ्ना भावनाहरू खुलाएर व्यक्त गर्न सक्दैनन्। समाजले उनीहरूलाई “कडा” देखिनुपर्ने दबाब दिने भएकाले भित्रभित्रै पीडाले थिचिने गर्छ।अर्कोतर्फ महिलाहरू साथी वा परिवारसँग कुरा गर्ने, समर्थन खोज्ने र भावनात्मक रूपमा निको पार्ने प्रक्रियामा सक्रिय हुन्छन्। उनीहरुले कतिपय अवस्थामा आफ्नो पक्षमा माहौल सिर्जना गरेर केटालाई नै खराब प्रमाणित गर्न पनि सक्ने अध्ययनको निष्कर्ष छ ।

रिपोर्टमा भनिएको छ– ब्रेकअपपछि पुरुषमा उदासी, तनाव, मादक पदार्थको प्रयोग, तथा आत्मविश्वास ह्रास हुने सम्भावना बढी हुन्छ। लामो समयसम्म यसले उनीहरूको काम, सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पु¥याउन सक्छ ।

विशेषज्ञहरूका अनुसार, सम्बन्ध टुटेपछि पुरुषलाई पनि भावनात्मक सहयोग, खुला संवाद र मानसिक स्वास्थ्य सेवाको आवश्यकता हुन्छ। तर प्रायः उनीहरू सहायता माग्न लाज मान्छन्, जसले समस्या अझै गम्भीर बनाउँछ।

अध्ययनको निष्कर्षमा भनिएको छ–पुरुषहरू पनि नाजुक हुन्छन्, उनीहरू पीडा देखाउदैनन् तर गहिरो हुन्छ।”

बिहेभियरल एण्ड ब्रेन साइन्सेजमा प्रकाशित एक अध्ययनले ब्रेकअपपछि पुरुषहरूले बढी भावनात्मक र मनोवैज्ञानिक पीडा भोग्नेगरेको देखाएको छ ।

अध्ययनको निष्कर्षमा भनिएको छ– पुरुषहरू एक किसिमले रोमान्टिक सम्बन्धमा बढी निर्भर हुने कुरा पत्ता लगाएको छ। भावनात्मक समर्थन र आत्मीयताको लागि उनीहरू आफ्ना पार्टनरहरूतिर फर्कन्छन्। वास्तवमा, पुरुषहरूको तुलनामा महिलाहरू सम्बन्ध समाप्त हुँदा तुलनात्मक रूपमा कम प्रभावित हुन्छन्, किनकि उनीहरूसँग भर पर्न साथीहरू र परिवारको बलियो समर्थन प्रणाली हुन्छ। धेरैले ब्रेकअपअघि नै ब्याकअप तयार पारसकेका हुन्छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।