घटना

बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी ह*त्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । बङ्गलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै बंगलादेश सरकारको प्रतिकात्मक पुत्ला जलाएको छ ।

बिज्ञापन

प्रदर्शनमा सहभागी युवाहरूले बंगलादेश सरकारविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका थिए । युवाहरूले मुस्लिम आयोग नेपालमा खारेज गरिनुपर्ने माग समेत गरेका थिए ।

युवाहरूले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दुहरू असुरक्षित रहेको र निर्मम हत्या हुँदा पनि सरकारले अपराधीहरूमाथि कारबाही नगरेको आरोप लगाएका छन् । कारबाही नभए ठुलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।