माछाको हड्डीको तेल भन्दै बेच्ने ३ जना भारतीय नागरिक पक्राउ

टीकापुर, १० चैत । कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ खड्क चौकमा कानमा माइक्रो फोन लगाई माइकिङ गर्दै केही ५ एम. एल. बराबरको तरल पदर्थ बिक्री गर्ने ३ जनालाई स्थानीय उपभोक्ता हित संरक्षण मंचले पक्राउगरि ईलाका प्रहरी कार्यलय टीकापुरलाई बुझाएको हो ।
भारतको कलकत्ता स्थाई घर बताउने बर्ष २८ का हुमाइन शेख, बर्ष २७ का मिथुन, बर्ष २० का अबिदुल नाम गरेका तीन भारतीयलाई उपभोक्ता हित संरक्षणमंच टीकापुरका उपाध्यक्ष प्रेम भट्टराईको अगुवाइमा स्थानीयहरुको सहकार्यमा ईलाका प्रहरी कार्यलय टीकापुरलाई बुझाइएको थियो ।


उनीहरुले बोकेका झोलाहरुमा माछाका हाड भनिएका केहि ठोस बस्तु र तेल जस्तो देखिने ५ एम. एल. जति भरिएका साना शिशीहरु सहित ईलाका प्रहरी कार्यलयले नियन्त्रणमामा लिइएको थियो ।
यसरी नियन्त्रणमा लिएका व्यक्ति तथा बस्तुहरुको ईलाका प्रहरी कार्यलयले थप जाँच–बुझ गर्दा कैलालीको अत्तरियातिर धेरै मात्रामा बेच्ने गरेको पाइएको र आइन्दा टीकापुर क्षेत्रमा नबेच्ने चेतावनी दिदै छोडिएको इलाका प्रहरी कार्यलय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मालिका समाचारलाई बताएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.