सुदूरपश्चिम प्रदेश

थारु समुदायकी पहिलो पाइलट महिला टीका चौधरी सम्मानित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः थारु समुदायबाट पहिलो पाइलट महिला बन्न सफल कैलालीकी टीका चौधरीलाई आज धनगढीमा सम्मान गरिएको छ ।

बातचित घरले चौधरीलाई सम्मान गरेको हो । बातचित घरका बरघरिया ठाकुर करिया प्रधानले चौधरीलाई सम्मानपत्र हस्तान्तरण गरे। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँकी २१ वर्षीया चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलटको लाइसेन्स प्राप्त गर्नु भएको छ । यद्यपि, पाइलट तालिम पूरा गर्नका लागि उनले अझै एक सय घण्टाको एकल उडान बाँकी रहेको छ । 

बिज्ञापन

आफूले पाइलट तालिम पूरा गर्न अझै छ महिनासम्म लाग्न सक्ने चौधरीले बताईन। बिदामा आएकी उनले पाइलट तालिम गाह्रो रहने गरेको उल्लेख गर्दै आफूले हिम्मत, संघर्ष गरेर तालिम पूरा गर्ने क्रममा रहेको उल्लेख गरिन्। 

थारु समुदायबाट चौधरीले पाइलट बन्नु सिङ्गो समुदायका लागि गर्वको विषय रहेको बातचित घरका बरघरिया करिया प्रधानले बताए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।