अनौठो

माछा खाने बिरालोले गोहोरोको शिकार गरेपछि ………

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गुजरातमा कार्यरत सान्तारले मोंगाबे इन्डिया अनलाइनलाई भनेका छन्, ‘हामी चढेको डुंगाबाट हामीले फिसिङ क्याटले मोनिटर लिजार्ड (गोहोरो)को शिकार गरेको देख्यौं ।’

उनी थप्छन्, ‘म पश्चिम बंगालको बागनान क्षेत्रको हुँ, जहाँ फिसिङ क्याटको संख्या राम्रो छ । एक नेचुरलिस्टका रूपमा मैले फिसिङ क्याटको इकोलोजी र व्यवहारबारे पढेको छु, तर मैले कहिल्यै तिनीहरूले मोनिटर लिजार्ड (गोहोरो) को शिकार गरेको देखेको थिइनँ ।’काठमाडौं । अक्सर माछा खाने ‘फिसिङ क्याट’ (मलाह बिरालो) ले मोनिटर लिजार्ड (गोहोरो)को शिकार गरेको दुर्लभ दृष्यले संरक्षणकर्मीको चिन्ता बढाएको छ । पश्चिम बंगालको सुन्दरवन क्षेत्रमा ‘माछा बाघ’ पनि भनिने फिसिङ क्याटले गोहोरोको शिकार गरेपछिसो क्षेत्रमा आहाराको कमी हुनसक्ने अनुमान वन्यजन्तुविदहरुले गरेका छन् ।

बिज्ञापन

फिसिङ क्याट सिमसार क्षेत्रको सबैभन्दा ठूलो शिकारी स्तनधारी जनावर मानिन्छ । गत जुलाईको गर्मीमा बिहान सबेरै पर्यावरणविद् सौम्यदीप सान्तारले सुन्दरवन भ्रमणको क्रममा मलाह बिरालोले गोहोरोको शिकार गरेको दृष्य कैद गरेका थिए । यो दृष्यलाई ‘दुर्लभ’ भनिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।