अनौठो

१५ वर्षीय विद्यार्थीसँग होटलमा भेटिएकी शिक्षिका पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लखनऊ, १२ मंसिर । भारतको उत्तर प्रदेशस्थित बस्ती जिल्लाकी एक महिला शिक्षिका १५ वर्षीय विद्यार्थीसँग लखनऊको एक होटलमा भेटिएपछि पक्राउ परेकी छन् । रुपाली नामकी ती शिक्षिका र विद्यार्थी केही दिनदेखि होटलको एउटै कोठामा बस्दै आएको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार बस्ती जिल्लाका ती विद्यार्थी घरबाट सम्पर्कविहीन भएपछि परिवारले खोजी सुरु गरेको थियो । लामो समयसम्म फेला नपरेपछि परिवारले विद्यालयकी शिक्षिका रुपालीमाथि शंका गर्दै अपहरणको उजुरी दिएको थियो ।

उजुरीका आधारमा प्रहरीले प्राविधिक निगरानी र गोप्य सूचनाको सहायताले खोजी गर्ने क्रममा लखनऊस्थित एक होटलमा उनीहरूलाई सँगै फेला पारेको हो । त्यसपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD

प्रहरीसँगको बयानका क्रममा किशोरले आफूहरूबीच प्रेम सम्बन्ध रहेको बताएको जनाइएको छ । तर विद्यार्थी १५ वर्षको नाबालिग भएकाले उसको सहमतिलाई कानुनले मान्यता नदिने भन्दै प्रहरीले शिक्षिकामाथि अपहरण तथा यौन शोषणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । उनीमाथि बालबालिकालाई यौन अपराधबाट संरक्षण गर्ने पोक्सो (पीओसीएसओ) ऐनअन्तर्गत समेत अनुसन्धान भइरहेको छ ।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी किशोरलाई परिवारको जिम्मा लगाएको छ भने पक्राउ परेकी शिक्षिकालाई अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ ।

बिज्ञापन