टीकापुर

टीकापुर उद्योग वाणिज्य संघको २७ औं साधारण सभा मंसिर १२ गते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ११ मंसिर । कैलालीको टीकापुर उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा शनिबार (मंसिर १२ गते) हुने भएको छ । संघले साधारण सभाको उद्घाटन समारोह र बन्द सत्र टीकापुरस्थित सिद्धार्थ होटलमा आयोजना गर्ने जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

संघका महासचिव प्रकाश तिमिल्सेनाद्वारा जारी निमन्त्रणा अनुसार उद्घाटन समारोह बिहान ११ बजे र बन्द सत्र दिउँसो २:३० बजे सुरु हुनेछ ।

बन्द सत्रमा सहभागी हुन सदस्यहरूको व्यापारिक फर्म आर्थिक वर्ष २०८३/०८४ सम्म नवीकरण भएको हुनुपर्ने संघले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

औद्योगिक तथा व्यावसायिक क्षेत्रको हकहित संरक्षण र प्रवर्द्धनका लागि स्थापित संघले साधारण सभामा उपस्थितिका लागि सम्पूर्ण साधारण सभा सदस्यलाई आग्रह गरेको छ ।

बिज्ञापन