अनौठो दृश्य : वृद्धको लामो दाह्रीमा चराहरूको बास, दाह्रीमै बसेर चुग्छन् दाना

सामान्यतया चराहरू रूखका हाँगा, घरका छाना वा खुला स्थानमा बसेको देखिन्छ । तर एक वृद्ध व्यक्तिको लामो दाह्री नै चराहरूको बस्ने र दाना चुग्ने थलो बनेको अनौठो दृश्य अहिले धेरैको ध्यान खिचिरहेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक वृद्ध व्यक्तिको लामो सेतो दाह्री र काँधभरि थुप्रै साना चराहरू बसेको देख्न सकिन्छ । अझ रोचक कुरा त के छ भने चराहरू उनको दाह्रीमै बसेर दाना चुगिरहेका छन् । केही चराहरू दाह्रीमा आराम गरिरहेका छन् भने केही यताउता चलमलाउँदै रमाइरहेको दृश्य भिडियोमा देखिन्छ ।
ती व्यक्तिको दाह्रीमा चराहरू यसरी निर्धक्कसँग बस्नु र दानासमेत चुग्नु निकै आश्चर्यजनक देखिन्छ । मानिसको नजिकै रहेर पनि नडराई चराहरूले देखाएको आत्मीय व्यवहारले यो दृश्यलाई थप रोचक बनाएको छ ।
प्रकृति र जीवजन्तुप्रतिको अनौठो सामीप्य झल्काउने यो दृश्यले मानिस र चराहरूबीचको सम्बन्धबारे पनि चासो जगाएको छ । यद्यपि, ती व्यक्तिको परिचय, स्थान र चराहरू दाह्रीमा आकर्षित हुनुको वास्तविक कारण भने उपलब्ध विवरणबाट खुल्न सकेको छैन ।

