घटना

महाराष्ट्रमा रेलबाट खसेर नेपालीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, २७ कार्तिक । भारतको महाराष्ट्र राज्यस्थित वर्धा जिल्लामा रेलबाट खसेर एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ निवासी ४१ वर्षीय सुरतबहादुर शाही रहेका छन् ।

प्राप्त जानकारी अनुसार बुधबार बिहान रेलमा यात्रा गरिरहेका बेला शाही अचानक रेलबाट खसेका थिए । घटनालगत्तै स्थानीय प्रहरीले उद्धार गरी उनको शव अस्पताल पुर्‍याएको थियो । प्रहरीले घटनाबारे परिवारलाई समेत जानकारी गराएको छ ।

लोक कल्याणकारी विज्ञापन

समाजसेवी ओम सुनारका अनुसार शाही नेपालबाट भारतको बैंगलोर जाने क्रममा थिए । घटनाबारे जानकारी पाएपछि मृतकका परिवारसँग सम्पर्क स्थापित भएको छ । प्रहरीले घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

शाहीको असामयिक निधनले परिवार, आफन्त तथा गाउँसमाज शोकमा डुबेको छ । रोजगारी तथा उज्ज्वल भविष्यको खोजीमा भारत गएका नेपाली नागरिकले विभिन्न दुर्घटनामा ज्यान गुमाउनुपर्ने अवस्थाले प्रवासमा रहेका नेपालीको सुरक्षा चुनौतीलाई पुनः उजागर गरेको छ ।

यसैबीच, मृतक शाहीको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उनको अन्तिम संस्कार तथा घटनास्थल पुगेका आफन्तलाई नेपाल फर्काउन आर्थिक सहयोग आवश्यक परेको छ । उनकी श्रीमतीसमेत अहिले घटनास्थलतर्फ आउँदै गरेको जानकारी प्राप्त भएको छ ।

शोकमा परेको परिवारलाई आर्थिक कठिनाइसमेत थपिएपछि भारत तथा नेपालमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सक्दो सहयोग गरिदिन अपिल गरिएको छ । मानवीय सहयोगबाट मृतकको अन्तिम संस्कार तथा आफन्तको आवतजावतमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन