प्रवास

अस्ट्रेलियामा कनिष्ठ चिकित्सकमाथि ८७१ महिलाको गोप्य भिडियो खिचेको आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अस्ट्रेलिया — अस्पतालमा कार्यरत महिला सहकर्मीहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा अस्ट्रेलियामा एक कनिष्ठ चिकित्सक पक्राउ परेका छन् । रयान चो नाम गरेका ती चिकित्सकमाथि सन् २०२४ देखि २०२५ सम्म ८७१ जना महिलाको गोप्य भिडियो खिचेको आरोप लागेको छ ।

लोक कल्याणकारी विज्ञापन

मेलबर्नका तीन ठूला अस्पतालमा कार्यरत महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई उनले निशाना बनाएको बताइएको छ । चोले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर अस्पतालका शौचालय तथा नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा खुलासा भएको छ ।

अदालतमा प्रस्तुत विवरणअनुसार, चोले ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको स्वीकार गरेका छन् । प्रहरीले उनको मोबाइल तथा अन्य उपकरणबाट करिब ३ हजार भिडियो फेला पारेको जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

फेला परेका भिडियोमध्ये दुई बालिकाका भिडियोसमेत रहेको अदालतमा जानकारी गराइएको छ । घटनाबाट अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीहरू प्रभावित भएको जनाइएको छ ।

अस्पतालजस्तो संवेदनशील र विश्वासमा आधारित कार्यस्थलमा भएको यस घटनाले स्वास्थ्यकर्मीको व्यक्तिगत गोपनीयता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

बिज्ञापन