प्रवास

अनुमतिबिना काम नगर्न कोरियामा अध्ययनरत नेपाली विद्यार्थीलाई दूतावासको आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिओल, ११ मंसिर । दक्षिण कोरियास्थित नेपाली राजदूतावासले त्यहा अध्ययनरत नेपाली विद्यार्थीलाई कानुनी प्रावधान पालना गर्न तथा रोजगारी र आर्थिक ठगीबाट सचेत रहन आग्रह गरेको छ । विशेषगरी नया विद्यार्थी भाषा र कानुनी प्रक्रियाबारे पर्याप्त जानकारी नहुदा विभिन्न प्रलोभन, गलत सूचना र आर्थिक शोषणमा पर्ने जोखिम बढेको भन्दै दूतावासले जरुरी सूचना जारी गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

दूतावासका अनुसार डी–२ (D-2) र डी–४ (D-4) विद्यार्थी भिसामा रहेका नेपाली विद्यार्थीले कोरियाली अध्यागमन निकायबाट पार्टटाइम काम गर्ने अनुमति (पार्ट टाइम वर्क पर्मिट) नलिई कुनै पनि रोजगारी गर्न पाउदैनन् । कोरिया पुगेको दुई–तीन महिनामै आम्दानी गर्ने हतारमा अनुमतिबिना काम गर्दा जरिवाना, भिसा रद्द, देश निकाला तथा भविष्यमा कोरिया प्रवेशमा प्रतिबन्धसमेत लाग्न सक्ने दूतावासले चेतावनी दिएको छ ।

दूतावासमा प्राप्त उजुरीअनुसार नया प्रवेश गरेका करिब ५० देखि ६० जना नेपाली विद्यार्थी कृषि क्षेत्रमा काम गर्ने क्रममा ठगीमा परेका छन् । रोजगारदाताबाट विद्यार्थीको पारिश्रमिक एक व्यक्तिले आफैले बुझ्ने तर सम्बन्धित विद्यार्थीलाई रकम नदिएको उजुरी प्राप्त भएको दूतावासले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

त्यस्तै, सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर तथा काकाओमार्फत प्राप्त हुने अपुष्ट सूचना र रोजगारीका प्रलोभनमा नपर्न पनि दूतावासले आग्रह गरेको छ । आधिकारिक जानकारीका लागि दूतावासको वेबसाइट तथा आधिकारिक फेसबुक पेजमा प्रकाशित सूचना मात्र विश्वास गर्न अनुरोध गरिएको छ ।

दूतावासले बैंकिङ ठगीबाट जोगिन आफ्नो ओटीपी (OTP) कोड कसैलाई पनि उपलब्ध नगराउन र आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउन सचेत गराएको छ । कुनै पनि प्रकारको अन्याय, ठगी वा श्रम शोषणमा परेमा सम्बन्धित निकाय वा नेपाली राजदूतावासमा तत्काल उजुरी गर्नसमेत विद्यार्थीलाई आग्रह गरिएको छ ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले शैक्षिक उद्देश्यसँगै त्यहाको कानुनी व्यवस्था र नियमबारे जानकारी राख्नुपर्नेमा जोड दिदै दूतावासले प्रलोभनमा परेर आफ्नो अध्ययन, भिसा र भविष्य जोखिममा नपार्न सचेत गराएको छ ।

बिज्ञापन