आज पनि बढ्यो सुन

काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि सुन र चाँदीको मूल्यमा बढोत्तरी भएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मूल्य चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन र चाँदीको मूल्य हालसम्मको उच्च हो ।

गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा कारोबार भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
