खेलकुद

चितवन बन्यो इन्डो नेपाल टी-२० च्याम्पियन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । घरेलु टोली चितवन क्रिकेट क्लबले इन्डो नेपाल टी-२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

लोक कल्याणकारी विज्ञापन

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई एक विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

लोक कल्याणकारी विज्ञापन

उपाधिसँगै चितवनले नगद ४ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ ।

बिज्ञापन

एपीएफले दिएको १४४ रनको लक्ष्य चितवनले एक बल अगावै ९ विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि शुभ कंशकारले ६७ रन बनाए भने दीपक डुम्रेले ३७ रन बनाए ।

एपीएफका इर्शाद अहमदले ४ ओभरमा १८ रन खर्चिँदै ५ विकेट लिए । अविशेष गौतम र दिवन पुनले समान एक–एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफले ६ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । दीपक बोहोराले ४७ रन, सुमित महर्जनले २८, अमर सिंह रौटेलाले २५ र सलहुदिन खानले २२ रन बनाए ।

चितवनका लागि दीपेश कंडेलले ४ ओभरमा २८ रन खर्चिँदै २ विकेट लिए भने विपिन खत्री, नरेश प्रधान र दीपेश श्रेष्ठले समान एक–एक विकेट लिए । चितवनका शुभ कंशकार प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका तृतराज दास घोषित भएका छन् । दासले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटरमा दिल्ली वन्डर्सका मोहम्मद कैफ र उत्कृष्ट बलरमा चितवन क्रिकेट क्लबका दीपेश कंडेल घोषित भए । उनीहरुले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा दिल्ली वन्डर्स क्रिकेट क्लबलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबले पराजित गर्‍यो । १९८ रनको लक्ष्य पछ्याएको दिल्ली ९ विकेटको क्षतिमा १५६ रन मात्रै बनाउन सकेपछि आर्मी ३६ रनले विजयी हुँदै प्रतियोगितामा तेस्रो भयो । खेलमा तृतराज दास प्लेयर अफ द म्याच घोषित भए ।

आर्मीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । विजेता टिमलाई भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र चितवन जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष उमेश पियाले पुरस्कार वितरण गरेका थिए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन