सुदूरपश्चिम प्रदेश

ढकारी गाउँपालिकाले बनायो छाउपडी प्रथा निवारण कानुन 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ढकारी गाउँपालिकाले छाउपडी प्रथा निवारण कानुन बनाएको छ । सामाजिक सचेतना, जागरण र कानुनको माध्यमबाट छाउपडी प्रथा नियन्त्रणका लागि १६औँ हिउँदे अधिवेशनबाट कानुन ल्याइएको हो ।

ढकारीले यो कानुन कार्यान्वयनका लागि प्रत्येक टोल, वडा र गाउँपालिकास्तरमा समिति गठन गरेर तत्काल काम थाल्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए । उनका अनुसार समितिमा धामीझाँक्री, पुजारी र स्थानीयस्तरमा ज्येष्ठ नागरिलाई समितिमा विशेष भूमिकामा राखिनेछ । खासगरी महिला र किशोरीलाई जागरण पुग्ने गरी अन्य क्रियाकलापसमेत सञ्चालन गर्ने तयारी भइरहेको उपाध्यक्ष नेत्रकलादेवी शाहीले बताइन् । 

बिज्ञापन

‘मर्यादित महिनावारीसम्बन्धी कार्यविधि २०८२’ नाम दिइएको कानुनसँगै ढकारीले यसपटकको हिउँदे अधिवेशनबाट ६ वटा नयाँ कानुन पास गरेको छ । १३ वटा प्रस्तावमाथि छलफल गरेर अनुमोदन गरेको छ । गाउँसभामार्फत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नि:शुल्क पोसाक वितरण गर्नेसम्बन्धी कार्यविधि २०८२ पास गरेर आउँदो आर्थिक वर्षदेखि सरकारी विद्यालयमा अध्ययनरत छात्रछात्रालाई नि:शुल्क पोसाक वितरण गरिने भएको छ । यसले गरिब तथा विपन्न समुदायका बालबालिका शिक्षाको पहुँचमा पुग्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराले बताए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।