राजनीति

राजनीतिको फोहाेर एकै झड्कामा फाल्नका लागि मिलेका हौँ : सभापति लामिछाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिको सम्पूर्ण फोहाेर एकै झड्कामा फाल्न देशको आवश्यकताअनुसार तीन दल मिलेको बताएका छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका लामिछाने तारिख बुझ्नका लागि बुधबार कास्की जिल्ला अदालत आएका थिए। सोही क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले विगतको राजनीतिक दबदबाले देशलाई आक्रान्त पारेकाले त्यो फोहोरलाई एकै झड्कामा सफा गर्ने र देशलाई नयाँ युगमा लैजान एकता गरेको बताएका हुन्।

उनले भने, ‘हामीले सात बुँदामा सम्झौता गरेका छाैँ, एउटामा भागबन्डाको जस्तो गरी कुरा देखियो होला, तर अन्य ६ बुँदामा १० वर्षमा देश कहाँ पुग्छ भनेका छाैँ। हामीले भाग बाडेको हैन। राजनैतिक रूपमा देशको आवश्यकताअनुसार के-के जिम्मा लिँदा उपयुक्त हुन्छ सोहीअनुसार जिम्मेवारी बाँडेको हो। यो भागबन्डा हैन यो राजनैतिक आवश्यकता र क्षमताका आधारमा गरिएको हो। यो नागरिकको चाहनाअनुसार गरेको हो, जनताले त यसलाई स्वागत गरेका छन्।’

बिज्ञापन

नेपालमा यति धेरै उत्साह जागेको कहिले देख्नुभएको सम्झना छ भन्दै लामिछानेले पत्रकारहरूलाई प्रश्नसमेत गरेका थिए। कुनै पनि निर्णय गर्दा म गज्जबको बेस्ट निर्णय गर्छु भनेर कसैले पनि गर्न सक्दैन, तर पछि निर्णय आफैँले त्यसलाई गज्जब र बलियो बनाउने उनको भनाइ छ। उनले भने, ‘हामीबिचमा भएको एकता देशलाई केन्द्रमा राखेर सँगै नयाँ युगमा लैजानका लागि हो। हाल क्षमताको आधारमा सबै काम गरिएको हो, गरेको सम्झौतामा हामी अडिग छौँ।’ आफू चितवन २ बाट नै उठ्ने लामिछानेले बताएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।