आस्था /आध्यात्म

महात्मा धनसिंह रावल र बिन्द्रादेवी रावलको स्मृतिमा सत्संगको आयोजना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १६ पौष । महात्मा धनसिंह रावल र बिन्द्रादेवी रावलको स्मृतिमा सत्संगको आयोजना गरिएको छ ।

पौष १५ गते उहाँका जेष्ठ सुपुत्र बल बहादुर रावलको निवासमा आयोजना गरिएको सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावल भन्नुभयो, महात्मा धनसिंह रावल जीको कर्म निकै उदाहरणीय तथा प्रेरणादायक थियो । उहाँले मिशनलाई पु¥याएको योगदान कहिल्यै बिर्सना सकिँदैन । उहाँको जीवनमा घटेको घटनालाई स्मरण गर्दै उहाँले भन्नुभयो कि जब उहाँ मिशनको सन्देशलाई सुदूरपश्चिमका पहाडी भेगहरुमा पुु¥याउने क्रममा उहाँ डोटीको निगाली पुगिसकेपछि उहाँले श्रीराम काफ्ले जीलाई सम्पर्क गरेर दास डोटीसम्म सत्संग गर्दागर्दै पुगेको छ, अब मेरो अछाम पनि जाने इच्छा भएकोले सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल जीलाई सम्पर्क गरिदिनुप¥यो भनेर आग्रह गर्दा पछि उहाँलाई चिसोको ख्याल गर्दै अगाडि बढ्न भनियो । यहाँनिर विचार गर्नुपर्ने कुरा के छ भने नसोधेर आफ्नो मनमर्जीले पनि उहाँ अछाम पनि जान सक्नुहुन्थ्यो तर अनुशासनको पालना गर्दै गुरु आदेशमा रहेर आदेशको पालन गर्दै उहाँ अछामका विभिन्न ठाउँमा जाने क्रममा जस्तै कालागाउँ, जुपु, ओली गाउँ, मङ्गलसेन नपुग्दै बीच बाटोमा नै उहाँले आफ्नो नश्वर शरीरको त्याग गरेर यस निराकारमा मिलन हुनुभयो, उहाँले बताउनुभयो ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो कि यस्तो मिशनको कार्य गर्दागर्दै आफ्नो प्राणको पनि ख्याल नराखेर निराकार प्रभुमा समाहित हुने भक्तहरु संसारमा बिरलै मात्रमा पाइन्छन् । आफ्नो शरीरलाई निराकारमा समर्पित गर्नु कसैको वसको कुरा हुँदैन । यो गुरुको कृपाबाट मात्र सम्भव हुन आउँछ, जो सत्गुरुको प्रियभक्त हुन्छ, त्यसैले नै आफ्नो जीवन सेवा गर्दागर्दै यस निराकारमा मिलन गराउन सक्छ । त्यस्ता सन्तहरुको जति सम्झना र स्मृति गर्दा पनि कमै हुन जान्छ । हामीले पनि आफ्नो जीवनमा उहाँको जस्तै सेवा, सत्संग, सुमिरण गर्दै गुरुको आदेशको पालन गर्दै जीवन बिताउन सक्छौ भने अवश्य पनि हाम्रो जीवन आनन्दित हुनेछ ।

त्यस्तै प्रकार सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले आफू पनि उहाँकै प्रेरणाबाट मिशनमा सेवाको कार्यलाई आरम्भ गरेको बताउनुभयो । महात्मा धनसिंह रावल जी यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले प्रत्येक व्यक्तिलाई सेवाको महत्व सम्झाउँदै उनीहरुलाई सेवाप्रति प्रेरणा दिनुहुन्थ्यो । हामी पनि उहाँले गरेका शुभ कर्मलाई अँगाल्दै अगाडि बढ्छौं भने सच्चा सेवक भएको अनुभूति गर्ने छौ, उहाँले बताउनुभयो ।

सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारीले भन्नुभयो कि धनसिंह रावल जीले मिशनको ज्योतिलाई फैलाउँदा–फैलाउँदै आफ्नो जीवन परित्याग गरेर यस निराकार परमात्मामा मिलन हुनुभयो । उहाँले गरेका कार्यहरु हामी सबैका लागि प्रेरणादायक बनेर रहेका छन् । हामीले पनि उहाँकै जस्तै जीवन बिताउनुसके ब्रम्हज्ञान पाएको सार्थक हुन सक्ने छ ।


धनसिंह रावल र बिन्द्रादेवी रावलका तीन वटै छोराहरु बलबहादुर रावल, दीपक रावल र प्रल्लाद रावलको सहभागिता रहेको उक्त सत्संग कार्यक्रममा स्थानीय सन्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने सत्संग कार्यक्रमको संचालन चन्द्र सिंहले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।