अर्थ

भुक्तानीमा डिजिटल लहर : फराकिलो बन्दै सुविधा, थपिँदै सुरक्षा चुनौती

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौंको सिनामंगलकी संगिता पुडासैनीको दैनिकी तीन वर्षयता चुपचाप तर गहिरोसँग फेरिएको छ । कुनै समय बिजुली र पानीको महसुल तिर्न काउन्टरमा घण्टौँ धाउनुपर्ने बाध्यतामा रहेकी उनी आज घरकै सोफामा बसेर मोबाइलको स्क्रिनमा औँला चलाउँदै आर्थिक कारोबार सम्पन्न गर्छिन् । कारोबारका लागि मोबाइल एप र इसेवा अब उनका लागि नौलो विषय रहेन ।

६१ वर्षको उमेरमा पनि प्रविधिसँगको उनको यो निकटता लोभलाग्दो छ । उनले अचेल नगद कारोबारलाई प्राथमिकता दिन छाडेकी छिन् । बिजुलीको बिल होस् वा खानेपानीको शुल्क, सबै मोबाइलबाटै चुक्ता हुन्छ । कोठा भाडा उठाउन पनि उनले डिजिटल माध्यम नै रोजेकी छिन् । ‘पैसा बोकेर हिँडिरहनै परेन । एउटा मोबाइल भएपछि काम भइहाल्यो । म त अचेल कोठा भाडा पनि अनलाइनबाटै खातामा हालिदिन भन्छु । मोबाइलमा घण्टी बजिहाल्छ, साह्रै सहज भएको छ’, उनी दंग पर्दै सुनाउँछिन् ।

बिज्ञापन

प्रविधिसँग अभ्यस्त हुँदै गएकी संगितालाई लाग्छ– यसले बुढेसकालको सहारा जस्तै काम गरेको छ । समय बचाएको छ, श्रम घटाएको छ र पैसाको सुरक्षाबारेको चिन्ता पनि कम गरिदिएको छ । नगदको झन्झटबाट मुक्त हुँदै डिजिटल कारोबार रोज्नु उनको लागि केवल सुविधा मात्र होइन, दैनिकीलाई सरल बनाउने भरोसायोग्य आधार बनेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।