अवर्गीकृत

 सन् २०२६ को उल्लासमय शुभारम्भ : शान्ति र समृद्धिको कामनासहित विश्वले गर्‍यो नयाँ वर्षको स्वागत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०२६ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । सन् २०२५ लाई बिदाइ गर्दै विश्व समुदायले नयाँ उत्साह र उमंगका साथ सन् २०२६ को स्वागत गरेको छ ।

नयाँ वर्षको पहिलो बिहानीसँगै नेपालसहित विश्वभरका मानिसहरूले एक-आपसमा शुभकामना आदानप्रदान गरी उत्सव मनाइरहेका छन् । विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेताहरूले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै विश्वमा शान्ति, स्थिरता र मानव जातिको समृद्धिको कामना गरेका छन् ।

बिज्ञापन

इस्वी संवतको नयाँ वर्ष मनाउन नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । काठमाडौं उपत्यकाको ठमेल, बौद्ध, दरबारमार्ग तथा उपत्यका बाहिर पोखरा, चितवनको सौराहा, नगरकोट र धुलिखेललगायतका स्थानहरूमा मानिसहरू उल्लासपूर्वक नयाँ वर्ष मनाइरहेका छन् ।

विशेषगरी ‘न्यू इयर इभ’ (नयाँ वर्षको पूर्वसन्ध्या) देखि नै यी क्षेत्रहरूमा सांगीतिक कार्यक्रम, सडक महोत्सव र विशेष समारोहहरूको आयोजना गरिएको थियो । पर्यटकहरूको बाक्लो चहलपहलले पर्यटन व्यवसायीहरूमा पनि नयाँ आशा जगाएको छ । होटेल, रेष्टुरेन्ट तथा रिसोर्टहरू भरिभराउ हुँदा देशको आर्थिक चलायमानमा समेत यसले सकारात्मक सन्देश दिएको छ ।

यशु ख्रीस्टको जन्म भएको वर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले प्रचलनमा ल्याएको हुनाले यसलाई ‘ग्रेगोरियन पात्रो’ भन्ने गरिन्छ । विश्वव्यापी रूपमा प्रशासनिक र व्यावसायिक प्रयोजनका लागि यो पात्रोको प्रयोग व्यापक छ । विगतका वर्षहरूका तीता-मीठा अनुभवहरूलाई संगाल्दै र नयाँ वर्षमा नयाँ संकल्पका साथ अघि बढ्ने प्रेरणा लिँदै आज विश्वभर विविध कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।