आन्तरिक उडानको भाडा घट्यो

हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक हवाई यात्रुका लागि राहत मिल्ने गरी न्यूनतम भाडा घटाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न गन्तव्यका उडानमा लागू हुने नयाँ भाडादर सार्वजनिक गरेको हो।
पाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो। यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धन मूल्य घटेर १२८ रुपैयाँ कायम भएपछि प्राधिकरणले भाडादर समायोजन गरेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.०९ रुपैयाँ तोकिएको छ। यही आधारमा काठमाडौंबाट हुने पर्वतीय उडानको न्यूनतम भाडा ४ हजार ६ सय रुपैयाँबाट घटाएर ४ हजार ३९० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी, काठमाडौं–भद्रपुर उडानको भाडा चार हजार २५ रुपैयाँबाट घटेर तीन हजार ८४५ रुपैयाँ पुगेको छ भने काठमाडौं–विराटनगर उडानको भाडा तीन हजार २१५ रुपैयाँबाट घटेर तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको प्राधिकरणले जनाएको छ।
इन्धन मूल्यमा आएको कमीका कारण हवाई यात्रुहरूलाई केही हदसम्म आर्थिक राहत मिल्ने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
