राजनीति

रास्वपाले भन्यो– टीकापुर घटना राजनीतिक आन्दोलन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय स्वतन्त्र पार्टीले टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्ने भएको छ।

सोमबार नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितसहित थरुहट–थारुवान अभियन्ताहरूसँग भएको समायोजनसम्बन्धी सहमतिपत्रमा टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा उल्लेख गरिएको छ।

बिज्ञापन

‘टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्तिसुरक्षा सुधारसँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरुको उचित कार्यान्वयन गर्ने,’ सहमतिपत्रमा भनिएको छ।

यसैगरी, निजामती, न्यायिक, प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएका अनुपातमा थारूहरुको आरक्षण व्यवस्था अभ्यासमै पूर्णतः लागू गर्ने सहमतिपत्रमा उल्लेख छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।