राजनीति

केन्द्रीय कमिटीको बैठकमा विप्लव पहिलो पटक चरम अल्पमतमा

बिज्ञापन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द आफ्नो पार्टीको केन्द्रीय कमिटीको बैठकमा पहिलोपटक चरम अल्पमतमा परेको जानकारी हुन आएको छ । आफ्नै निवास कपिलवस्तुको शिवनगरमा जारी केन्द्रीय कमिटी बैठकमा विप्लवको संसदीय अभ्यासलाई उपयोग गर्ने रणनीतिसहितको राजनीतिक प्रस्तावको विपक्षमा बहुमत केन्द्रीय सदस्य उभिएको स्रोत बताउछ ।
आफ्नो राजनीतिक प्रस्ताव नै अल्पमतमा पर्ने भएपछि २०७८ चैत १० गते बिहीवार केन्द्रीय कमिटी बैठक नै नसबेको स्रोतले बताएको छ । बुधवारसम्म ६५ जना केन्द्रीय सदस्यले आफ्नो धारण राखेका थिए । तीमध्ये ३४ जनाले महासचिव विप्लवको राजनीतिक लाइनको विपक्षमा उभिएका थिए ।

बिज्ञापन

विप्लवले राजनीतिक लाइनमाथि उठेको प्रश्नमाथि जवाफ दिनु अघिल्लोभन्दा अघि एक दिन केन्द्रीय सदस्यलाई फकाउने प्रयास गरिरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार विप्लवले फकाएर भए पनि आफ्नो पक्षमा बहुमत पुर्याउने पक्षमा देखिएका छन् ।

नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पनि केन्द्रीय सदस्यलाई फकाउने प्रयासमा लागेको खबर छ । काठमाडौंसम्म तटस्थ देखिएका सन्तोष बुढामगर कपिलवस्तु पुगेपछि विप्लवको राजनीतिक लाइनको पक्षमा उभिएका छन् ।

यी दुवै नेताले विप्लवलाई साथ दिएको अवस्थामा पनि बैठकका अधिकांश केन्द्रीय सदस्य जो विप्लवको नजिक मानिन्थे, उनीहरु पनि चुनावलाई उपयोग गर्ने कार्यनीतिको विपक्षमा देखिएको स्रोतको दावी छ ।

चुनाव बहिस्कार गर्नेुपर्छ भन्ने पक्षमा देखिएका नेताहरुले विद्रोह गरी नयाँ समूह बनाउने संभावना रहेको पनि बताइएको छ । त्यसको नेतृत्व भने हेमन्तप्रकाश ओली सुदर्शनले गर्ने संभावना रहेको छ । अहिले चुनावी लाइनको विपक्षमा उभिएका ३४ जनामध्ये सबैले साथ नदिए पनि कम्तीमा २० जना केन्द्रीय सदस्यको साथमा ओलीले विद्रोह गर्न सक्ने बताइएको छ । उनीहरु क्रान्तिकारी ध्रुवीकरण भनेर मोहन बैद्यसँग मिल्न सक्ने बताइएको छ ।

यता, केही केन्द्रीय सदस्य भने माओवादी केन्द्रमा जाने संभावना रहेको पनि बताइएको छ । चुनावमै भाग लिने भएपछि विप्लव र प्रचण्डमा के फरक छ ? भन्ने प्रश्न उठाउँदै उनीहरु माओवादी केन्द्रका नेताहरुसँग सम्पर्कमा पुग्न थालेको चर्च पनि कपिलवस्तुमा भइरहेको छ । विप्लव र प्रकाण्ड चुनावमा जाने र एमालेसँग तालमेल गर्ने रणनीतिमा देखिएको शिवनगरमै रहेका एकजना केन्द्रीय सदस्यले बताए ।
–साभार : साँघु न्यूज डटकम

बिज्ञापन