बिश्व

ट्रम्पले आफैँलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैँलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा उनी ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भएको दाबी गरिएको छ ।

बिज्ञापन

भेनेजुएलाका राष्ट्रपति निकोलस मादूरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरेपछि तीव्र अन्तर्राष्ट्रिय विवादको बीचमा ट्रम्पले यो दाबी गरेका हुन् ।

ट्रुथ सोसलमा ट्रम्पले प्रकाशित गरेको पोस्ट विकिपिडियाको आधिकारिक पृष्ठमा समेत प्रकाशित गरेका छन् । जहाँ उनको आधिकारिक तस्बिर प्रयोग गरिएको छ। ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ का रूपमा ट्रम्पलाई उल्लेख गरिएको छ ।यसबाहेक ट्रम्पले मार्को रुबियो क्युबाको राष्ट्रपति हुने विचारलाई पनि मजाक बनाएका छन् ।

मादूरोको कब्जापछि प्रशासनिक निरन्तरता कायम राख्न र भेनेजुएलाको सर्वोच्च न्यायाधिकरणले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको भूमिका ग्रहण गर्न आदेश दिएको थियो ।

जनवरी ३ मा मादूरोको कब्जापछि ट्रम्पले एक पत्रकार सम्मेलनमा संक्रमणकालभरि संयुक्त राज्य अमेरिकाले भेनेजुएला चलाउने बताएका थिए । आइतबार जनवरी ४ मा उनले संयुक्त राज्य अमेरिकाको मातहत भेनेजुएला भएको बताएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।