अवर्गीकृत

डडेल्धुरा जाँदै गरेको जीप बैतडीमा दुर्घटना, ३ जनाको मृ,त्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका-८ साँडीघाँटीमा आज बिहान जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता, इन्स्पेक्टर सुरज सिंहले जानकारी दिए ।

लोक कल्याणकारी विज्ञापन

मृतक तीनैजना पुरूष छन् । उनीहरूको सनाखत हुन सकेको छैन ।

बिज्ञापन

जीपमा कति जना सवार थिए खुलेको छैन । अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

-रासस

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन