सुनको भाउ २ लाख ७० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
लोक कल्याणकारी विज्ञापन

२७ पुस, काठमाडौं । सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ ।
लोक कल्याणकारी विज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ८ सय रुपैयाँले सुन महँगिएको हो ।
लोक कल्याणकारी विज्ञापन

महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तय गरेको छ । यसअघि पुस १३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यो मूल्य नै उच्च हो ।
बिज्ञापन

अघिल्लो दिन सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी आज तोलामा २१० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७८० रुपैयाँमा चाँदी कारोबार भएकोमा आज ४ हजार ९९० रुपैयाँ पुगेको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

